बजारमा चर्चामा आएको चामल प्लाष्टिककै हो त ? यस्तो छ वास्तविकता



काठमाडौं । काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट बुधबार टंकप्रसाद शेरचनलाई पक्राउ गरेको छ ।

शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

शेरचनको गोदाममा आरटिसी ब्रान्डको चामलका बोरा सयौं थिए । सूचना पाए जस्तै प्रहरीले चामलको बोरा खोलेर हेर्दा साधारण चामलभन्दा फरक पाएपछि तत्काल शिलबन्दी गरी पक्राउ गरेको जनाएको छ । प्रहरीले पनि परीक्षणका लागि चामल परिसरमै पकाउँदा भात अन्य चामलको भन्दा फरक देखिएको थियो ।

के प्लाष्टिककै चामल हो त ?
बुधबार चर्चामा आएजस्तो प्लाष्टिको चामल विश्वमा भने पुन प्लास्टिककै रुपमा प्रयोग गर्ने कच्चा पदार्थको रुपमा बिक्री हुने गरेको छ । जुन हामीले अहिले खाने चामल भन्दा धेरै महंगो हुन्छ ।

प्लाष्टिकको दाना अन्तर्राष्ट्रिय बजारमूल्य प्रति मेट्रिकटन ९ सय डलर पर्दछ भने चामल प्रति मेट्रिकटन ६ सय डलर पर्दछ । जुन प्लाष्टिकको दाना विश्वभर प्लास्टिकका झोला तथा अन्य समाग्रिहरु बनाउन प्रयोग गरिन्छ ।

समाजिक संचालमा भाइरल भइरहेको भिडियो चामल बनाउने नभएर प्लास्टिकको कच्चा पदार्थ रहेको प्लास्टिक व्यवसायी बताउँछन् ।


क्लिकमान्डु