चुडामणी शर्मालाई शुक्रवार सर्बोच्चमा पेश गर्न आदेश



काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई सर्बोचचमा उपस्थित गराउन सर्बोच्च अदालत आदेश दिएको छ ।

अख्यितारले मुद्दा चलाएपछि पदबाट निलम्बित भएका शर्मालाई शुक्रवार अख्तियारले सर्बोच्चमा पेश गर्नुपर्ने छ । कर फस्र्योट आयोगमा अर्बो रकम छुट दिएको आरोपमा शर्मा अहिले अख्त्यिारको हिरासतमा छन् ।

आयोगको थुनामा रहेका शर्मालाई रिहा गर्न माग राख्दै उनकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

कर फर्छ्यौट आयोग २०७१ मार्फत अर्बौँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शर्मालाई पक्रेर अनुसन्धान गरिरहेको छ। शर्मा सदस्य रहेको आयोगले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै नौ अर्ब रुपैयाँ व्यवसायीलाई छुट दिएको थियो। आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल भने फरार रहेका छन्।

अख्तियारले गत जेठ १९ गते शर्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। थुनामुक्त हुन उनलाई अख्तियारले तीन अर्ब रुपैयाँ धरौटी माग गरेको छ।


क्लिकमान्डु