माछा पालनमा बढ्दो आर्कषण, ५१ बिगाहामा पोखरी खनियो



सप्तरी । जिल्लामा यस वर्ष माछापालनको लागि ५१ बिगाहा जमिनमा पोखरी खनिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार प्रति कठ्ठा दश हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएपछि किसानले पोखरी खनेका हुन् ।

माछापालन पोखरीका लागि दुईसयभन्दा बढी किसानले आवेदन दिएका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सप्तकोसी नगरपालिका– ६ बोचरीमा कार्यालयले खाद्यानबाली ब्लक कार्यक्रम सुरु गरेको छ ।

एक सय ५० बिगाहा जमिन छनोट गरी सामूहिक तथा संस्थागत रुपमा धानखेती सुरु गरिएको हो। सो कार्यक्रका लागि ८३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस


क्लिकमान्डु