अदालतले नेशनल हाइड्रोपावरमा लगायो अंकुश




काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडलाई कुनै पनि काम नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । कम्पनी संचालक समितिलाई साउन ३१ गते बोलाइएको साधारणसभा बाहेक कुनै पनि काम नगर्न आदेश दिएको हो ।

न्यायाधीसद्वय नीता गौतम दीक्षीत र जीवनहरि अधिकारीको संयुक्त इजलासले संचालक समितिले गरेका पछिल्ला निर्णयका विषयमा समेत कुनै पनि कामकारबाही नगर्न आदेशमा भनेको छ ।

नेशनल हाइड्रका अध्यक्ष कुमार पाण्डे रहेका छन् । त्यस कम्पनीमा संचालक रहेका विश्वेश्वर सुबेदी अघोषित रुपमा प्रवन्ध निर्देशकको काम गरिरहेका छन् । नेशनल हाइड्रो अध्यक्ष पाण्डे नै लोअर इखुवा हाइड्रोपावर कम्पनीका अध्यक्ष रहेका छन् । दुैवै कम्पनीका संचालकहरु प्रायः एउटै नामका छन् ।

कम्पनी ऐन अनुसार समान उद्देश्य बोकेका अर्को कुनै कम्पनीको संचालक र आधारभूत शेयरधनी कर्मचारी, लेखापरीक्षक वा सल्लाहाकार पदमा बाहाल रहेको व्यक्ति संचालक पदमा नियुक्त हुन नसक्ने कानुनी व्यवस्था रहेको छ । यही आधारमा संचालक समिति विरुद्ध मुद्दा परेको थियो । मुद्दाको सुनुवाई गर्दै उच्च अदालत पाटने गत असार २१ गते त्यस्तो आदेश दिएको हो ।


क्लिकमान्डु