काठमाडौं र ललितपुरमा मोनोरेल कुदाउने काठमाडौं र ललितपुरका मेयरको निर्णय



तस्बिर स्रोतः ललितपुरम महानगर

काठमाडौं । काठमाडौंको बुढानिलकन्ठबाट ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने निर्णयमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरिबाबु महर्जन सहमत भएका छन् ।

ललितपुर महानगरका मेयर चिरिबाबुले काठमाडौं महानगरका मेयर शाक्यलाई मंगलबार सहरको समस्या समाधानको लागि मिलेर जाने विषयमा छलफल गर्न बोलाएका थिए ।

भेटमा काठमाडौं र ललितपुका मेयरबीच मोनोरेल चलाउने,काठमाडौंको जामलाई नियन्त्रण गर्ने तथा सहरका समस्या समाधानको लागि मिलेर जाने विषयमा सहमति भएको छ ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनको क्रममा मोनोरेल चलाउने घोषणा गरेका थिए ।


क्लिकमान्डु