फूलबारी रिसोर्टः १४० जनाको आन्दोलन, ४ महिनादेखि मासिक ४० लाखको कारोवार ठप्प



काठमाडौं । मजदुर आन्दोलनका कारण पोखराको पाँच तारे होटल ‘फूलबारी रिसोर्ट’ ४ महिनादेखि बन्द भएको छ । सेवा सुविधाको माग गर्दै मजदुरहरुले आन्दोलन गरेपछि रिसोट ४ महिना देखि बन्द भएको हो । मजदुरहरुले फागुन १५ देखि आन्दोलनमा गरेका थिए ।

मासिक ४० लाख रुपैयाँको कारोबार हुने उक्त रिसोर्टमा हाल १ सय ४० कर्मचारी छन् ।

१ सय ६५ कोठा रहेको होटलमा पर्यटकीय सिजनमै भएको आन्दोलनले ठूलो नोक्सानी पुगेको व्यवस्थापनले जनाएको छ ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचनले पोखराको सबैभन्दा राम्रो होटल नै कर्मचारी आन्दोलनले ४ महिनाभन्दा बढी समयदेखि बन्द हुनु दुखद् भएको बताएका छन् ।

पर्यटकीय नगरी पोखरामा रहेको मुलुककै सबैभन्दा ठूलो लगानीको ५ तारे होटल लामो समयदेखि बन्द हुँदा मुलुकको पर्यटन क्षेत्रका विषयमा नकारात्मक सन्देश प्रवाहित भएको छ ।

फूलबारी रिसोर्टका महाप्रबन्धक राम क्षेत्रीका अनुसार ‘श्रम कार्यालयमा भएको वार्ता तथा छलफलबाट समेत निष्कर्ष निकाल्न नसकेपछि अझै कति दिन बन्द हुने हो भन्ने कुनै टुंगो नभएको बताए ।’


क्लिकमान्डु