बाढीका कारण पाँच मेगावाट क्षमताको विद्युत्गृह बन्द



रसुवा । गएरातिको वर्षासँग मैलुङ र न्यामन्याम खोलामा आएको बाढीका कारण पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्र पूर्णरुपमा बन्द भएको छ ।

मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक प्रमुख शरद बस्यालका अनुसार बाढीले उत्तरगया गाउँपालिका वडा नं १ को मैलुङ दोभानमा रहेको उक्त विद्युत्गृह बन्द भएको हो ।

बाढीले सडक तथा पेनस्टक पाइपलाई समेत क्षति पु¥याउँदा करिब १० करोड रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ । उहाँका अनुसार विद्युत्गृह भने सुरक्षित रहेको छ ।

भत्केका संरचना मर्मत गरी छिटो विद्युत् उत्पादन गर्न प्राविधिक अध्ययन सुरु भइसकेको बस्यालले बताए।


क्लिकमान्डु