चीनले सुरु गर्यो ३ सय ५० किलोमिटर प्रतिघण्टा कुद्ने रेल




विश्वकै द्रुत गतिको बुलेट रेल चीनले सोमबार बाट संचालनमा ल्याएको छ । सोमबारबाट औपचारिक रुपमा संचालनमा ल्याइएको उक्त रेल चीनको राजधानी बेइजिङदेखि सांघाईसम्म पुगेको थियो ।

३ सय ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्ने बुलेट बेइजिङ देखि संघाईसम्म पुग्ने छ । बेइजिङदेखि संघाईको बिचमा १० वटा स्टेशन बनाएको छ ।

सोमबार बेइजिङ बाट उक्त रेल ५ घन्टा ४५ मिनेटमा सांघाई पुगेको चिनियाँ संचार माध्यमहरुले जनाएका छन् ।

बेइजिङको साउथ रेलवे स्टेशनबाट विहान ११ः५ मा कुद्न सुरु गरेको रेल ५ घण्टा ४५ मिनेटभित्र संघाई पुगेको थियो ।

चाइन रेलवे कर्पोरेशनका प्रवक्ता लियाङ झाऊले भने,- ‘बुलेट रेलको अवधारणा विश्वकै लागि नयाँ नमुना हो ।’ चाइना डेलीबाट


क्लिकमान्डु