पेट्रोलियम पदार्थमा लगाइएको करबाट एक बर्षमा उठ्यो १० अर्ब



काठमाडौं । सरकारले चालु आबको बजेटमा व्यवस्था गरे अनुसार पेट्रोलियम पदार्थमा लगाइएको करबाट १० अर्ब उठाएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागी भन्दै प्रतिलिटर ५ रुपैयाँका दरले उक्त कर लगाईएको थियो ।

गत जेठ २१ बूढीगण्डकी जलविद्युत् आयोजनालाई चीनको चाइना गेजुवा वाटर एन्डपावर ग्रुप कम्पनी लिमिटेड (सिजीजीसी)लाई निर्माण, लगानीलगायतका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउने सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्तक्षर भइसकेको छ ।

गत जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा समेत सोही चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो । हाल बूढीगण्डकी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा वितरणकार्य जारी राखेको छ । सरकारले चालु आवमा पाँच अर्ब रुपैयाँ मुआब्जा वितरण गर्ने जनाएको छ ।

आर्थिक बष २०७४/०७५ को बजेटमा समेत इन्धनमा लगाईएको ५ रुपैयाँ कर यथावत राखिएको छ ।

 


क्लिकमान्डु