फास्ट ट्रयाक निर्माणको लागि आवस्यक हेभी इक्युपमेन्ट किन्दै सेना, १ अर्बभन्दा बढीको टेन्डर आह्रवान



फाइल फोटो: शिल्यान्यस गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं । सरकारले स्वदेशी लगानीमा निर्माण गर्न सेनालाई जिम्मा दिएको फास्ट ट्रयाक निर्माणको लागी आवस्यक हेभी इक्युपमेन्ट खरिदको प्रक्रिया सेनाले अगाडी बढाएको छ ।

निर्माणकार्य अगाडी बढाउन आवस्यक पर्ने रक ब्रेकरसहितको एक्जाभेटर, ट्रक, व्हील लोडर, एयर कम्प्रेशर, रोलर, बुल डोजर, ब्याकहोलोडर, डबल क्याव पिकअप, मोटरसाइकल, ट्रेलरसहितको ट्याक्टर र ग्रेडर आपूर्तिको लागि टेन्डर आब्हान गरेको छ।

सेनाले जारी गरेको टेन्डर एक अर्ब रूपैयाँ बढी रहेको छ। कुल आबेदकबाट धरौटी नै ३ लाख २ हजार ७० अमेरिकी डलर माग गरिएको छ ।


काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रतमार्गको शिलान्यास केही समय अगाडी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् । यसको निर्माणमा १ खर्ब १२ अर्ब लाग्ने अनुमान गरिएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ । मुलुककै नमुना आयोजनाका रुपमा रहने उक्त दु्रत मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ ।

यो आयोजना निर्माणसँगै तराई, मधेस, हिमाल र पहाडको भावनालाई जोड्ने यस मार्गले नेपालको आर्थिकलगायत बृहत्तर विकासमा योगदान पुर्याउनेछ ।

निर्माण पछि यस्तो बन्ने छ ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बारा जोडिने सडक निर्माणबाट काठमाडैं उपत्यकामा पुग्ने सडक सञ्जालको दूरी घटाउने, ढुवानीलाई छिटोछरितो बनाउनेछ ।

ट्रयाक खोल्ने काम २०७० सालको प्रारम्भमै सेनाले पूरा गरेको थियो । उक्त द्रुतमार्गमा साना ठूला गरी १०० को हाराहारीमा पुल निर्माण गरिने छ । द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किलो मिटर भन्दा बढी हुने सहायकरथी एवम् विकास निर्माण निर्देशक उद्धव विष्टले जानकारी दिए ।

दायाँबायाँ ५० मिटर दिएर जग्गा अधिग्रहण गरिएको २२ मिटर चौडाइ हुने उक्त राजमार्ग चार लेनको हुने उक्त राजमार्गको निर्माणले नेपालको वृहत्तर विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु