२० मेगावाटको बुढीगंगा जलबिद्युत् आयोजनाको जग्गा मुआब्जा काम सुरु



काठमाडौं । बुढीगंगा जलविद्युत् आयोजनाले सब स्टेशन निर्माणको लागि जग्गा मुआब्जाको काम टुंगाएको छ ।

आयोजनाले डोटी जिल्लाको साबिकको सिमचौर गाबिस वडा नम्बर ५ हाल वोगटान गाउँपालीका वडा नम्बर १ मा सब स्टेशन निर्माणको लागी आवस्यक जग्गा अधिग्रहणको लागी मुअव्जा टुङ्गो लागेको छ ।

२० मेगावाट क्षमताको बुढीगंगा जलबिद्युत् आयोजनाले जग्गा अधिग्रहण र ति जग्गामा बनेका घर टहरा र रुखपातको मुआव्जा टुङ्गाएको हो ।

आयोजनाले जग्गाको हकमा प्रतिरोपनी १ लाख ९९ हजार मुआव्जा दिने निर्णय गरेको छ भने, ति जग्गामा बनेका घरको बर्गिकरण गरि मुअव्जा बितरण गर्ने जनाएको छ ।
खरले छाएको कच्ची घर प्रति बर्ग मिटर ४ हजार रुपैयाँ, कच्ची घर ढुङ्गाले छाएको भए ५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

त्यसैगरी ती ठाँउमा बनेका शौचालय प्रति बर्गमिटर २ हजार रुपैयाँ र कच्ची गोठको प्रति बर्गमिटर १ हजार रुपैयाँ दिने घोषणा गरेको छ । साथै कुवा भए त्यसको प्रति बर्गमिटर ३ हजार रुपैयाँ दिने छ ।

त्यस क्षेत्रमा भएका रुखपातको हकमा उत्तिस, काफल, भेल, लोडो, पैया, खमारी, साईपा, ओखर, डुमल सचिब, बाँस र कटुसको प्रतिबोट १५ सय रुपैयाँ मुअव्जा दिने आयोजनाले जनाएको छ ।

त्यसका लागी जग्गा धनीले डोटी जिल्ला प्रशासनमा १५ दिन भित्र निबेदन दिनुपर्ने छ ।

अछाम जिल्लामा निर्माण भइरहेको यस आयोजना राजधानी काठमाडौंबाट ८९० किलोमिटर टाढा रहेको छ ।


क्लिकमान्डु