केएल मोबाइल हबमा मोबाइल मेला सुरु



 

काठमाडौं । राजधानीको चाबहिल स्थित केएल टावरमा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पो सुरु भएको छ ।

मोबाइल हवको उद्घाटन आइएमएसका अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई लगायतले गरेका थिए ।

असार २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । केएल मोबाइल हबले उपहारमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् ।

 


क्लिकमान्डु