मोबाईल सेवाको गुणस्तरमा शंका छ ? प्राधिकरणको मोबाइल एपबाट गुनासो गर्नुस्



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाईल सेवाको गुणस्तर परिक्षण गर्न सेवाग्राहीहरुको अनुभूति संकलन गर्ने भएको छ ।

प्राधिकरणले हालै मोबाईल सेवाको गुणस्तर सम्बन्धमा मोबाईल सेवाका ग्राहकहरुको अनुभूति मापन गर्न एनटिए क्यूओएस सर्भे नामक मोबाइल एप पनि सार्वजनिक गरेको छ ।

प्राधिकरणका अनुसार हाल एन्ड्रोयड मोबाइलमा मात्र प्रयोग गर्न मिल्ने सो मोबाइल एप गूगल प्ले स्टोरमा उपलब्ध भईसकेको छ ।

सो मोबाईल एप डाउनलोड गरेर त्यसमा मोबाईल सेवाग्राहीहरुले मोबाईल सेवाको गुणस्तरको बारेमा आफ्ना अनुभव प्राधिकरणलाई पठाउन सक्नेछन् ।

प्राधिकरणले सोहि मोबाइल एपमा आएको सेवाग्राहीहरुको प्रतिकृयाको आधारमा मोबाईल सेवाको गुणस्तर सुधार गर्न सेवाप्रदायक संस्थाहरुलाई निर्देशन दिने जानकारी समेत दिएको छ ।


क्लिकमान्डु