टेक्सास कलेजका विद्यार्थीहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी अभिमुखीकरण तालीम प्रदान



 

काठमाडौं। नेपाल सरकार विज्ञान तथा प्रविधी मन्त्रालय प्रमाणीकरण नियन्त्रकको कार्यलयको आयोजना तथा ईन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम, नेपालको सहजिकरणमा साईबर अपराध र सुरक्षा सम्बन्धी टेक्सास कलेजका विद्यार्थीहरुलाई अभिमुखीकरण तालीम प्रदान गरिएको छ।

करिब ८० जना सहभागी विद्यार्थीहरुलाई साईबर प्रशिक्षक प्रवेश कोईराला, सतिश सुवेदी र चिरन्जिबी अधिकारी द्वारा प्रयोगात्मक तालिम दिईएको थियो ।

करिब ३ घण्टा सम्म चलेको यो कार्यक्रम विद्यायलयका सम्पुर्ण बिधार्थीहरुलाई साईबर प्रशिक्षक श्री प्रवेश कोइरालाले साईबर सुरक्षा र चुनौतीको विषयमा जानकारी गराएका थिए ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्षदेखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको जानकारी दिएको छ।


क्लिकमान्डु