टोखा-छहरे-त्रिशुली सडक आयोजनाले जग्गा अधिकरण थाल्यो



काठमाडौं । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सडक विस्तारका लागि बालाजु–त्रिशुली, छहरे–बिदुर, बालाजु–रानिपौवा–त्रिशुली र छहरे–विदुर सडक खण्डमा पर्ने जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ ।

सडक विभाग, सडक सुधार आयोजना अन्तगतको बालाजु-त्रिशुली, छहरे-बिदुर, बालाजु-रानिपौवा-त्रिशुली र छहरे-विदुर सडक खण्डमा पर्ने जग्गा अधिग्रहण प्रक्रिया प्रकृयाका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

मुआब्जा निर्धारण समितिले गत जेष्ठ १९ गतेको निर्णय अनुसार उक्त सडक खण्डमा पर्ने घर, टहरा स्थायी रुपले अधिग्रहण गर्नका लागि प्रशासन कार्यालय नुवाकोटले जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को उपदफा ९१० अन्तरगत जग्गा अधिग्रहण गर्न लागिएको हो ।

प्रशासन कार्यालयले जग्गाप्राप्ति ऐन २०३४ को दफा १० अनुसार १५ दिने सूचना जारी गरेको छ ।

उक्त सडक खण्डमा जग्गा, घर, टहरा पर्ने व्यक्तिहरुले असार १४ गतेभित्र क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । त्यसका लागि सक्कल कागजातसहति आ-आफ्नो हक दैया वा भोग चलन सम्बन्धी निस्सा प्रमाण आवश्यक पर्छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्रकाशित गरेको सूचनामा जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी, जग्गा वा घरधनीको नागरिकता प्रतिलिपी, सम्बन्धित न।पा÷गा।पा,बाट घर÷टहरा सम्बन्धि सिफारिसपत्र आवश्यक पर्छ ।

त्यसैगरी, जग्गाको नक्शा पास गरेको भए, सो को प्रतिलिपि, यसै आर्थिक वर्षमा तिरो तिरेको रसिदसहित रितपूर्वकको निवेदन यस कार्यालय वाय सम्बन्धीत साइट कार्यालहरु मध्ये पायक पर्ने स्थानमा बुझाउन सूचना प्रकाशित गरिएको छ ।


पुष्प दुलाल