मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको पार्वतीपुरमा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले यहि शुक्रवार भरतपुर महानगरपालिका वडा नं. २१, पार्वतीपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको समुद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले मुक्तिनाथ विकास बैंकले नेपाली समाजको आवश्यकता अनुसारका सेवाहरु जस्तै कृषि क्षेत्रको विकास र विस्तार, उद्योग व्यवसाय प्रबद्र्धनको लागि उपयुक्त वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको बताए ।

सो कार्यक्रममा स्थानीय व्यापारी, समाजसेवी, कृषक सर्बसाधारण लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यतालाई आत्मसात गर्दै बैंकले ५९ वटा शाखा कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको छ ।

विकास बैँकले हालसम्म कुल १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै बैंकले सेयर कारोवार गर्ने लगानीकर्ताहरुको लागि आश्वा सेवा निःशुल्क रुपमा प्रदान गर्दै आईरहेको जनाएको छ ।

 


क्लिकमान्डु