एनपिएनओजीले सूचना तथा संचार प्रविधि सम्मेलन गर्ने



काठमाडौं । इन्टरनेट एक्सचेन्ज नेपाल र इन्टरनेट  सेवा प्रदायक एवं सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपिएनओजी) ले आगामी असार १ देखि ४ गतेसम्म एनपिएनओजी–२ कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक व्यक्तिहरुका साथै प्रविधिको अनुसन्धान एवं शिक्षण संलग्नहरुबीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ ।

कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्नेछन् ।

काठमाडौँमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत पहिलो तीन दिन प्राविधिक विषयवस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ भने चौथो तथा अन्तिम दिन सम्मेलन आयोजना गरिने छ ।

तीन दिने कार्यशालामा आईपीभी फोर/आईपीभी सिकस नेटवर्क डिजाइन, नेटवर्क मोनिटरिंग र म्यानेजमेन्ट, अप्टिकल फाइबर नेटवर्क डिजाइन बारे जानकारी दिईने छ ।


क्लिकमान्डु