चट्याङले सात ट्रान्सफर्मरमा क्षति, विद्युत् अवरुद्




बैतडी । चट्याङले बैतडी जिल्लाका विभिन्न फरकफरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्घ भएको छ ।

सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिए । साथै, अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अनारखोली ११ केभी लाइनको विभिन्न ठाउँमा विद्युत् तार चुँडििएकोसमेत उनले बताए ।

चट्याङले ट्रान्सफर्मरमा क्षति गर्दा तथा तार चुँडिदा बैतडीमा विद्युत् सेवासमेत अवरुद्घ भएको छ । साथै, जिल्लाका अन्य ठाउँमा पनि ट्रान्सफर्मरमा क्षति गरेको तथा तार चुँडिएर विद्युत् सेवा अवरुद्घ भएको खबर आएकाले क्षति विवरण सङ्कलन भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । क्षति पु¥याएको लाइनको खोजी गरी मर्मतको कार्य भइरहेको केन्द्रले जनाएको छ ।

मर्मत कार्यसँगै विद्युत् सेवा सञ्चालनको काम पनि भइरहेको बताइएको छ । चट्याङले बैतडीको बसाली–रिम, बैतडी–सतबाँझ क्षेत्रको लाइनमा बढी क्षति पु¥याएको खबर आएको छ ।

जिल्लामा विद्युत् सेवा अवरुद्घ हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । यसका साथै विद्युत्बाट सञ्चालित हुने कलकारखाना, मिल र सञ्चारमाध्यम पनि समस्यामा परेका छन् । विद्युत् सेवा सञ्चालन हुन केही दिन लाग्नसक्ने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । रासस


क्लिकमान्डु