प्रधानन्यायधीमाथिको महाअभियोग फिर्ता नभएसम्म संसद चल्न दिन्नौः एमाले



काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण बिष्टले प्रधानन्यायधीश शुसीला कार्कीमाथि लागेको महाभियोग फिर्ता नलिदासम्म संसद् चल्न नदिने बताएका छन् ।

व्यवस्थापिका संसद् बाहिर पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता बिष्टले सरकारले प्रतिपक्षीसँग भएको सहमति अनुसार काम नगरेको भन्दै सरकारले संवैधानिक शुन्यता ल्याउन खोजेको बताए ।

उनले प्रतिपक्षीले माग गरेको माग पुरा नगर्दासम्म संसद् चल्न नदिने बताए ।

सरकारले पहिलो चरणको स्थानीय तह निर्वाचनमा भएको धाधलीको संसदीय समिति गठन गर्ने लगायतका विषयमा सहमति भएपनि माग पुरा नभएको बताए ।


क्लिकमान्डु