भरतपुर महानगरको उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी, मेयरमा कडा प्रतिस्पर्धा



चितवन । चितवनको भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेद्वार भएकी पार्वती शाहको विजय हुने निश्चित देखिएको छ ।

दुई वडा १९ र २० मा खसेको मतभन्दा बढी मत ल्याएको हुदा शाहको जित सुनिश्चित देखिएको छ ।

शाहले ४४ हजार ७९ मत पाएकी छन् । यस्तै एमाले उम्मेद्वार दिव्या शर्मा आचार्यको ३७ हजार ६८० मत ल्याएकी छन् ।

अब गन्न बाँकी रहेको १९ नम्बर वडामा २ हजार ८ सय ६० र २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको छ । कांग्रेस उम्मेद्वार शाहले एमाले उम्मेद्वार शर्माभन्दा ६ हजार ३ सय मत बढी ल्याएकी छन् । दुवै वडाको कुल मत ६ हजार १ सय ६२ छ ।

उपमेयरमा कांग्रेस उम्मेद्वार विजय हुने निश्चित भएपनि मेयरमा भने प्रतिस्पर्धा रोमान्चक छ ।

एमाले उम्मेद्वार देवी ज्ञवाली ७ सय ८४ मतले अगाडि छन् । एमालेका देवी ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याएका छन् भने रेणी दाहालले ४० हजार १ सय ९६ मत ल्याएका छन् ।


क्लिकमान्डु