भरतपुरको मतगणना रोकियो



काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।

वडा नम्बर १९ को मत गणना हुनलाग्दा शिल नम्बरको विवादको कारण मतगणना रोकिएको छ ।

अहिले सर्वदलिय बैठक बसिरहेको छ । दुई वटा वडा मात्र अब भरतपुरमा मत गन्न बाँकी रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । कांग्रेसको समर्थनमा उम्मेद्वार भएकी माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १९६ मत ल्याएकी छन् ।


क्लिकमान्डु