चाँगुनारायणमा काँग्रेस अगाडी, पछि-पछि एमाले, वडा नं ५ मा काँग्रेस विजयी



काठमाडौं । मतगणना भैरहेको एकमात्र नगरपालीका चाँगुनारायण नगरपालीकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

मेयरमा काँग्रेसका राजाराम खड्काले ४ हजार ८३२ मत ल्याएका छन् भने एमाले उमेद्वार सोम मिश्रले ४ हजार ४०३ मत ल्याएर पक्ष्याइ रहेका छन् ।

उपमेयरमा पनि पनि काँग्रेसकै सरु बानियाँले ५ हजार १९१ मतले अग्रता लिएकी छिन् ।

उपमेयर उमेद्वार एमालेकी बिना बास्तोलाले ४ हजार ५७४ मतले पछ्याइरहेकी छिन् ।

वडा नं ५ मा १ वडा सदस्यबाहेक नेपाली काँग्रेसको समूह विजयी भएको छ । अर्का निर्वाचित सदस्य नेमकिपाका रोशन खत्री रहेका छन् ।


क्लिकमान्डु