संसद अबरोध आजबाट हट्ने, महाअभियोग प्रस्ताब फिर्ता गर्दै सरकार



काठमाडौं । सर्बोच अदालतले बढाइएको स्थानिय तह तत्काल कार्यन्यनमा नगर्न आदेश दिएसँगै सरकार पक्ष प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन र पूरानै स्थानीय तह अनुरुप चुनाव गराउन सहमत भएको छ ।

सत्तापक्ष दल र एमालेबीच भएको वार्ता अनुसार सरकारले महाभियोग फिर्ता लिन र पुरानै स्थानीय तहका निर्वाचन गराउन सहमती जनाएको हो ।

सरकार लचिलो भएपछि एमालेले संसद्को जारी अवरोध खुलाउने भएको छ ।
बैठकमा राष्ट्रिय जनता पार्टीले मागेको चुनाव चिन्ह, स्थानीय तह हेरफेरलगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको विषयमा पनि छलफल भएको थियो ।


क्लिकमान्डु