भरतपूरको मतगणना रोचक मोडमा, काँग्रेस उपमेयरको भोट ३९ हजार हुँदा मेयरको ३५ हजार



काठमाडौं । भरतपूर स्थानिय निर्वाचनको सुरुवात देखिनै चर्चामा रहेको ठाँउ हो । जहाँ प्रधानमन्त्री, काँग्रेस सभापति र बिपक्षी दलका नेताले चुनाव प्रचार प्रसार गरेका थिए ।

मतगणनापनि सबैको ध्यान यहि केन्द्रत भएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेसले यहाँ चुनावी तालमेल गरेका थिए ।

अब करिब ७ वडाको मत गणना बाँकी रहेको छ । १७ नम्बर वडाको मतगणना कार्य जारी रहेको छ । वडा नम्बर १७ माकुल खसेको मत ३०८७ हो भने समाचार तयार पार्दा ११९६ गणना भएको छ ।

पछिल्लो गणना अनुसार मेयरमा देवी ज्ञवालीको अग्रता १६५७ रहेको छ । उनले अहिलेसम्म ३६९५८ मत ल्याएका छन् । रेणु दाहालले ३५३०१ मत ल्याएर पछ्याइ रहेकी छिन् ।

उपमेयरमा नेपाली काँग्रेसकी पार्वती शाहले ३८९९४ मत ल्याएकी छिन् भने एमालेकी दिव्या शर्माले ३३६३६ मत ल्याएकी छिन् ।


क्लिकमान्डु