दोस्रो चरणको निर्वानमा भाग नलिने राजपाको निर्णय, उम्मेदवारी दर्ताको दिन आमहड्ताल




काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणको निर्वाचनमा भाग नलिने भएको छ । राजपाको नेतृत्वमा रहेको संघीय गठनबन्धनले निर्वाचन बहिस्कार गर्दै निर्वाचन विथोल्ने गरी आन्दोलनको घोषणा समेत गरेको छ ।

शुक्रबार पार्टी कार्यालय विजुली बजारमा बसेको राजपा केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचान विथोल्ने गरी आन्दोलन गर्ने निर्णय गरेको हो ।

राजपाले ७ बुदे आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । सार्बजनिक गरिएको कार्यक्रम अनुसार जेठ १३ गते सबै उपमहानगरपालिका, नगरपालिका सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरिने कार्यक्रम छ ।

यस्तै जेठ १४ गते जिल्ला सदरमुकाम, नगरपालिका र गाउपालिकाका लाठी जुलुस प्रदर्शन गरिने भएको छ ।

जेठ १५ गते विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी ब्यापारी, बुद्धिजीबी, विभिन्न पेशाकर्मी, पत्रकार, युवा, छात्र, मजदुर, आर्दिको बृहत अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । सोही दिन साँझ गणतन्त्र दिवसको अबसरमा आन्दोलनका सहीदहरुको सम्झनामा सबै चोक चौराहामा मैनबत्ती बालेर श्रद्धान्जली दिने कार्यक्रम छ ।

जेठ १६ गते जिल्लामा रहेका प्रत्येक नगरपालिका, गाउपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ गर्ने कार्यक्रम छ । जेठ १७ गते सबै जिल्ला सदरमुकाम, नगरपालिका र प्रमुख हाटबजारमा मसाल जुलुस प्रदर्शन गरिने कार्यक्रम राजपाले सार्बजनिक गरेको छ ।

जेठ १८ र १९ गते मशेध थरुहट लिम्बुवान बन्द, आमहड्ताल, उम्मेदवारी प्रक्रियालाई सक्रियताका साथ अबरोध गर्ने कार्यक्रम राजपाका संयोजक महन्थ ठाकुरद्धारा सार्बजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आफूहरुसँगको सम्झौता अनुसार संविधान संसोधन नगरिएको र निर्वाचन चिन्ह नदिइएको भन्दै राजपा असन्तुष्ट बनेको हो ।


क्लिकमान्डु