भरतपूरमा देबी र रेणुको मतान्तर १४४३, काठमाडौं र पोखरामा एमाले अगाडी



काठमाडौं । मतगणना जारी रहेको काठमाडौं, पोखरा र भरतपूर तिन वटै महानगरपालीको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले तिनै ठाँउमा अग्रता कायम गरेको छ ।

स्थानिय निर्वाचनको कारण चर्चित बनेको भरतपुर सबैको चासोको केन्द्र बनेको छ । जहाँ नेकपा एमालेका उमेद्वार देबी ज्ञावाली र माओवादी केन्द्रका उमेद्वार रेणु दाहाल बिच प्रतिस्प्रर्धा भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार देबी ज्ञावाली १४४३ मतले अगाडी रहेका छन् ।

उनले ३१५५९ मत ल्याएका छन् भने रेणु दाहालले ३०११६ मत प्रप्त गरेकी छिन् । यहाँ उपमेयरमा नेपाली काँग्रेसका उमेद्वार अगाडी रहेकी छिन् ।

सुरुदेखि नै काठमाडौंमा एमालेले आफ्नो अग्रतामा ठुलो मतान्तर कायम राख्दै आएको थियो । पछिल्लो परिणाम अनुसार नेकपा एमालेका मेयर उमेद्वार बिद्यासुन्दर शाक्यले ५१०९१ मत पाएका छन् भने नेपाली काँग्रेसका राजुराज जोशीले ३८८३६ मत पाएका छन् । यि दुइको मत अन्तर १२२५५ मत रहेको छ ।

उपत्यकामा बिबेकशिल पाटी र साझा पाटीले क्रमश १८५६७ र १४४५२ मत ल्याएका छन्, भने उपमेयरमा नेपाली काँग्रेसको अग्रता रहेको छ ।

सबैभन्दा ठुलो महानगर पोखरामा पनि नेकपा एमालले नै अगाडी रहेको छ । पोखरामा एमाले उमेद्वारले अहिलेसम्म ५१२१७ मत ल्याई निकै ठुलो अग्रता बनाएका छन् । नेपाली काँग्रेसका उमेद्वारले यहाँ ३९३९५ मत ल्याएका छन् ।
उपमेयरमा समेत यहाँ नेकपा एमालेका उमेद्वार नै अगाडि रहेकी छिन् ।


क्लिकमान्डु