आफ्नोपन देख्ने भक्तपुरका प्रमुखसँग यस्ता छन् मतदाताका अपेक्षा



सबै पद जितेपछि विजयी र्यालीमा रमाउदै नेमकिपाका कार्यकता

भक्तपुर । ऐतिहासिक सहर भक्तपुर र नेपाल मजदुर किसान पार्टीबीच अनौठो सम्बन्ध छ ।

भक्तपुरमा नगरमा चुनावमा मादल बाहेक केही देखिदैन । यो पटक भएको स्थानीय तह निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई सबैभन्दा बढी अन्तर १९ हजार २६ मतले सुनिल प्रजापति नगर प्रमुखमा विजयी भएका छन् । यस्तै उपमेयर वडा अध्यक्ष र वडा सदस्यपनि नगरपालिकामा नेमकिपाले जितेको छ ।

भक्तपुरमा अहिलेसम्म भएको निर्वाचनमा नेमकिपा बाहेक अरु दलले जितेका छैनन् । निर्वाचन परिणामपछि नेमकिपाका कार्यकर्ताहरु विजयी जुलुसमा छन् । ऐतिहासिक सहर र स्थानीय तहलाई विगतमा सबैभन्दा बढी व्यवहारिक ढंगले चलाएको विगत छ । विद्यालय देखि स्वास्थ्य सेवा होस हरु काम यसमा नेमकिपाका कार्यकर्ताहरु खटेका हुन्छन् ।

अहिलेसम्म भएका निर्वाचनमा भक्तपुरमा नेमकिपाले लिएको फराकिलो अन्तरका जितले यसलाई नेमकिपाको नगर भन्नपनि सकिन्छ । उत्तर कोरिया भएको शासनसँग नजिकको विचार राख्ने नेमकिपाले भक्तपुरमा काम भने गरेको छ ।

भक्तपुर नगरपालिकाको जनताले यस पटकको निर्वाचनमा नेमकिपाले आफ्नो नगरको विकास गर्ने अपेक्षा लिएका छन् । भक्तपुर बासीले विश्वासका साथ जनप्रतिनिधिबाट भक्तपुरमा रहेको विद्यमान समस्या हल हुने विश्वास लिएका छन् ।

भक्तपरका वडा नम्बर ८ का ४२ वर्षका तुलसीकुमार शिक्षा जनप्रतिनिधिबाट नगरको सरसफाई, मठमन्दिरको मर्मत संम्भार र खानेपानीको वितरण प्रणाली चुस्त बनाउँन ध्यान केन्द्रित गर्नु पर्ने बताउँछन् । नेमकिपाले विजय हासिल गरेपछि विजयी जुलुसमा सहभागी उनले आफ्नो पन नेमकिपामा देखिने बताउँछन् । भक्तपुरमा पुराना टोलमा नेपाली भाषा नबुझ्नेहरु धेरै नै छन् । जसले अहिलेसम्म नेमकिपाको पक्षको माहोल खडा गरेको छ ।

जेला, वडा नम्बर ८ निवासी हेरामाया खँयमलि खोलानाला एकदमै दुषित भएको छ, यसलाई स्वच्छ बनाउनु पर्छ । उनी थप्छिन्, ‘भुकम्पले भत्किएका पार्टीपौवा, मठमन्दिर पूनःनिर्माण गरेर नेपाली संस्कृतिको जर्गेर्ना गर्ने काम गर्नु पर्ने हुन्छ ।’

अर्का स्थानीय राजेस झाङगजु भक्तपुरका धरै मानिस कृषि पेशमा आवद्ध रहेको दाबी गर्छन । ‘कृषकहरुले परिश्रम अनुरुपको बजार मुल्य पाउँन सकेका छैनन्, खानेपानीको एकदमै कष्ट छ र शिक्षा क्षेत्रमा सुधार गर्नु आवश्यक छ,’ झाङगजुले क्लिमाण्डूसँग भने ।


क्लिकमान्डु