काठमाडौं महानगरमा विद्यासुन्दर ७ हजार मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले ७ हजार मतले अगाडि छन् । अहिलेसम्म शाक्यले २३ हजार ९ सय २ मत ल्याएका छन् । यस्तै का्रग्रेसका राजुराज जोशीले १६ हजार ६ सय १७ मत पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्की करिब ९ हजार मतले अगाडि छन् । खड्कीले २२ हजार २ सय २६ मत पाएकी छन् । जबकी एमाले समर्थनमा उम्मेद्वार बनेका राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ३ सय २७ मत पाएका छन् ।


क्लिकमान्डु