सर्बोच्च फर्केपछि शुसीलाले शुक्रवार मुद्दा हेरिन



काठमाडौं । प्रधानन्यायधीश शुसीला कार्कीले सर्बोच्च फर्केपछि शुक्रवार मुद्दा हेरिकी छन् ।

संसद्मा कांग्रेस माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गरेपछि उनको पद निलम्बन भएको थियो । महाभियोग प्रस्तावमा सर्बोच्चमा परेको मुद्दामा न्यायधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले महाभियोग प्रस्ताव अगाडि नबढाउन आदेश दिएपछि उनी सर्बोच्च फर्केकी थिइन् ।

अदालनको आदेशबाट सर्बोच्च फर्केपनि उनले कुनैपनि मुद्दा हेरिकी थिइन् । तर,शुक्रवार भने प्रधानन्यायधीश कार्कीले न्यायधीश सपना प्रधान मल्लसँग बेन्च सेयर गरेकी छन् ।

सर्बोच्च अदालतका अनुसार प्रधानन्यायधीश कार्कीले फुटकर मुद्दामा आफ्नो इजलाश तोकेकी छन् । सर्बोच्च अदालतमा प्रधानन्यायधीशलाई मुद्दको इजलाश तोक्ने अधिकार छ ।
सर्बोच्च फर्केपछि कार्कीले मुद्दा नहेर्ने हल्ला आएको थियो ।


क्लिकमान्डु