तीन हजार २८५ प्रतिनिधि निर्वाचित



काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म तीन हजार २८५ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगस्थित संयुक्त परिचालन केन्द्रबाट प्राप्त जानकारीअनुसार आज बिहान १ बजेसम्म ९४ स्थानीय तहको मतगणना समाप्त भई ती जनप्रतिनिधि निर्वाचित भएका हुन् ।

प्राप्त पछिल्लो विवरणअनुसार नगरप्रमुख÷अध्यक्षमा ९४, उपप्रमुख/उपाध्यक्ष ९४, वडाध्यक्ष ७७८, वडा सदस्य एक हजार १८२, महिला सदस्य ५९५ र दलित सदस्य ५४२ निर्वाचित भइसकेको आयोगले जनाएको छ ।


क्लिकमान्डु