ललितपुर महानगरमा १४०० मतले काँग्रेस अगाडी



काठमाडौं । ललितपुर महानगरपालीकाको पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका चिरीबाबु मर्हजनले करिब १४०० मतले अग्रता लिएका छन् । उनले अहिलेसम्म १२५३० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १११५० मत ल्याएका छन् । मतगणना सुरुभएको १०० घण्टा पुगेको छ । यस अबधिमा नेपाली काँग्रेस र नेकपा एमाले बिचमा कडा प्रतिस्प्रर्धा चलिरहेको छ ।

यहाँ साझा पार्टीका रमेश मर्हजन तेस्रो स्थानमा देखिएका छन् । उनले ५२३५ मत ल्याई पछ्याइरहेका छन् ।

माओवादी केन्द्रका उमेद्वार दिपेश मर्हजनले १८४० मत पाएका छन् ।

उपमेयरमा नेपाली काँग्रेसले ७४५७ मत सहित अग्रता लिइरहेको छ भने साझा पार्टीले ५३१९ मत ल्याई पछ्याइरहेको छ ।


क्लिकमान्डु