२० वर्ष भएको चुनावको नतिजा कुर्न १० दिन कुर्न नसक्ने : प्रमुख आयुक्त यादव



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले २० वर्षपछि भएको निर्वाचनको नतिजा १० दिन पनि कुर्न नसकेको भन्दै असन्तुष्टी जनाएका छन् । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यादवले एकसाताभित्रमा सबै क्षेत्रको परिणाम आउने बताएका हुन. ।

उनले चारवटा महानगरमा मतगणनाको डेक्स बढाउने जानकारी दिए । उनले २०५४ सालमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउन एक साता लागेको भन्दै अहिले त्यो अनुपातमा मतदाता र दल बढेको भन्दै निर्वाचन भएको १० दिनभित्र परिणाम आउने बताएका हुन् ।


क्लिकमान्डु