नेपालमा आइफोनको मूल्यमा घट्यो



काठमाडौं । आइफोनको मूल्यमा कटौती भएको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोनको मूल्यमा कटौती गरेको छ ।

कम्पनीकाअनुसार आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य ८६,०००/- रुपैयाँ तोकिएको छ भने आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य ९९,८००/- रुपैयाँ रहेको छ । आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य १,१२,०००/- रुपैयाँ तोकिएको छ ।

त्यसैगरि आइफोन सेभेन प्लस ३२ जीबी ब्ल्याकको नयाँ मूल्य १,०५,०००/- रुपैयाँमा झरेको छ भने आइफोन सेभेन प्लस १२८जीबीको मूल्य १,१९,०००/- तोकिएको छ । आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य १,३२,०००/- राखिएको छ ।

यसका साथै कम्पनीले आइफोन सिक्स, आइफोन एसईलगायतको पनि मुल्यमा कटौती गरेको छ । आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य ६८,०००/- रुपैयाँ, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य ७८,०००/- रुपैयाँ तोकेको छ ।

आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य ५२,५००/- रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य ७२,८००/- रुपैयाँ र आइप्याड प्रो ९.७ स्मार्ट की बोर्डको मूल्य १७,५००/- रुपैयाँ तोकिएको छ ।

सबै आइफोनहरु विशेष अफरमा उपलब्ध छन, जसमा आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु