नेपाल टेलिकमले दियो डाटा प्याकमा छुटैछुट



काठमाडौं । नेपालीलार्इ टेलिफोन सेवा उपलब्ध गराएको सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको दिन पारेर नेपाल टेलिकमले बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ।

उपलब्ध गराइएको अफरअन्तर्गत फोरजी डाटा प्याकेज जिएसएम सेवाका ग्राहकलाई उपलब्ध गराइएको तथा अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकहरुलाई पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

फोरजी डाटा प्याकेज अन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको छ। त्यसैगरी १ सय रुपैयाँमा १४ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ।

अल टाइम डेटा प्याक अन्तर्गत स्मल डेटा प्याक (२५ र ५० रुपैयाँ) पनि थप गरिएको छ।  अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ।

त्यसैगरी ५० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय २५ एमबी डाटा, १ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा, २ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८ सय ५० एमबी डाटा र ३ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ हजार ५ सय एमबी डाटा उपलब्ध गराइएको छ।

त्यसैगरी नाइट डाटा प्याकेज अन्तर्गत २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६.५ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म तीस दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ ।

अल टाइम डाटा प्याकेज तथा नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकलाई जेठ ३ गतेदेखि उपलब्ध हुने र जिएसएम सेवाका ग्राहकलाई  बैशाख २९ गतेदेखि लागू हुने टेलिकमले जनाएको छ।

यसैगरी फेसबुक तथा इन्स्टाग्राम डाटा प्याकेजअन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी १ सय १० एमबी डाटा उपलब्ध गराइएको छ। ५० रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी २ सय ३० एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा र २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १ हजार १ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

यो सहुलियत आगामी साउन २८ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ।


क्लिकमान्डु