चुनावलाई सेयर बजारको हरियो रङ



काठमाडौं । आइतबार भएको स्थानीय तह निर्वाचनलाई सेयर बजारले हरियो रङले स्वागत गरेको छ ।

निर्वाचनपछि खुलेको सेयर बजारको पछिल्लो २० मिनेटको कारोबार हेर्दा नेप्से पूर्ण रुपमा हरियो रङ छाएको छ ।

अहिलेसम्म लगानीकर्ताले नेपाल टेलिकममा रातो रङ देखाएका छन् । जसले गर्दा अन्य समूहको परिसूचक अहिलेसम्म घटेको छ । टेलिकमको शनिवार वित्तीय विवरण प्रकाशित भएको थियो ।

सेयर विश्लेषकहरुले निर्वाचनपछि नेप्से परिसूचक डेढ सय अंकसम्म बढ्ने अनुमान गरेका थिए ।


क्लिकमान्डु