५ मिनेटमा चार्ज हुने स्मार्टफोन बजारमा आउने



स्मार्टफोनको ब्याट्री तीब्र गतिमा चार्ज हुने प्रविधिकोे प्रदर्शनी प्रथम पटक सन् २०१५ मा आयोजना गरिएको थियो ।

इजरायलको स्टार्टअप स्टोरडटले आफ्नो फास्टब्याट्रीलाई प्रथम पटक अमेरिकाको सिइएस टेक शो मा सार्वजनिक गरेका थिए ।

स्टार्टअफका प्रमुख कार्यकारी डोरोन मायर्सडोफका अनुसार तीब्र चार्ज हुने ब्याट्रीको उत्पादन सन् २०१८ भित्रमा हुने जानकारी दिएका छन् ।

ब्याट्री विश्लेषक बेन वुडने यस दावी माथि शंका गरेका छन् ।

मायर्सडोर्फले भने, ‘हाम्रो प्रविधि प्रयोग गरेरे स्मार्टफोन उत्पादन गर्ने कम्पनीको नाम अहिले गोप्य राख्न उचित हुन्छ ।’

सन् २०१५ मा उनले भनेका थिए,‘उनको कम्पनीको ब्याट्रीमा प्रयोग गरिएको सामग्री पराम्परागत ब्याट्रीभन्दा फरक हुन्छ ।’

यस प्रक्रियामा एनोड क्याथोनबाट आयन्स तीब्र ट्रान्सफर हुन्छ र ब्याट्री छिटो चार्ज हुन्छ ।

यस ब्याट्रीमा न्यानो धातुको प्रयोग गरिएको कम्पनीको दाबी छ ।

२०१५ मा देखाइएको ब्याट्रीको केहि नमूना अधिकतम स्मार्टफोन ब्याट्रीका तुलनामा मोटो थियो । अब ब्याट्री बजारमा आउन तयार भएको मायर्सडोर्फले दाबी गरे । बीबीसी हिन्दीको सहयोगमा


क्लिकमान्डु