एचटिसीका नयाँ स्मार्टफोन मोडलहरु बजारमा



काठमाडौं । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जनरल नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसीका तीन नयाँ मोडलका स्मार्टफोनहरु सार्वजनिक गरेको छ ।

कम्पनीले एचटिसी यू प्ले, एचटिसी वान एक्स९  तथा एचटिसी डिजायर ८२५ बजारमा सार्वजनिक गरेको छ ।

एचटिसी यू प्ले ब्लू रंगमा उपलब्ध हुनेछ भने एचटिसी वान एक्स ९ गोल्ड र ग्रे रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी डिजायर ८२५ ग्रे र ह्वाइट रंगको अप्सनमा उपलब्ध रहेको कम्पनीले जानकारी दियो ।

एचटिसी यू प्लेको बजार मूल्य ४९,९९९ रुपैयाँ, एचटिसी वान एक्स ९ को मूल्य २८,६०० रुपैयाँ तथा एचटिसी डिजायर ८२५ को मूल्य १८,९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु