ग्लोबल आइएमईको शाखारहित सेवा गन्यापधुरामा



ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा ग्लोबल आइएमई बैंकले डडेलधुराको गन्यापधुरा गाउपालिका वडा नं. २ मा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

उक्त सेवाकोलागि बैंकले स्थानिय भवाना कुमारी अधिकारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्दै ग्लोबल आइएमई बैंकका प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधान तथा बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले संयुक्त रुपमा सेवा सुरुवात गरे ।

यो बैंकको ४५ औ शाखारहित बैंकिङ सेवा हो ।


क्लिकमान्डु