प्रिमियर इन्स्योरेन्सले गर्यो लोगो परिर्वतन, स्लोगन ‘क्लेम सजिलै पाईन्छ’



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २३ बर्ष पूरागरी २४ औं बर्ष प्रवेशको अवसरमा लोगो परिवर्तन गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाँईले नयाँ सार्वजनीक गरेका हुन् ।

लोगो सार्वजनीक गदै अध्यक्ष चापायाँईले नयाँ कम्पनी आउँदै गरेकाले ग्राहकलाई नयाँ सेवादिइ अझै सशक्त रुपमा कम्पनी अगाडी बढ्ने विस्वास व्यक्त गरेका थिए ।

‘अब बजारमा २१ निर्जिवन बीमा कम्पनी पुग्न सक्छन्, बजार फराकिलो पार्नु पर्छ । त्यसकोलागि माइक्रो इन्स्योरेन्स र सबैलाई स्वास्थ्य बीमा सेवा दिनुपर्छ ।’ भन्दै उनले कम्पनीलाई आजैबाट त्यसको तयारी गर्न सुझाए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शुद्युम्न उपाध्यायले कम्पनीले आफ्नो नयाँ स्लोगन ‘क्लेम सजिलै पाईन्छ’ को विशेषता व्याख्या गर्दै कम्पनीले चालु आबमा ३० प्रतिशतले व्यवसाय बिस्तार हुने अपेक्षा रहेको जानकारी दिए ।

कम्पनीले आफ्नो पुँजी संरचना परिर्वतन गरी अधिकृत पँुजी २ अर्व र जारी पुँजीलाई १ अर्व ५० करोड रुपैयाँ बनाएको छ ।

कम्पनीले ६ लाख ५९ हजार कित्ता शेयर एफपीओ जारी गर्न धितोपत्र बोर्डमा स्विकृतिको लागि निवेदन पेश गरेको छ ।

चालु आ. व. २०७३।७४ को तेश्रो त्रैमासिकको अन्तसम्ममा कम्पनीले १ अर्व ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको उपाध्यायले जानकारी दिए ।


क्लिकमान्डु