ओप्पोद्धारा सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक



काठमाडौं। क्यामरा फोन ब्राण्ड ओप्पोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट ओप्पो एफथ्री सार्वजनिक गरेको छ । कम्पनीको एफथ्री प्लसपछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामरासहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो ।

सार्वजनिक गरिएको नयाँ फोन एफथ्रीमा डुअल फ्रण्ट क्यामरा राखिएको छ । एकल सेल्फीका लागि फोनमा १६ मेगापिक्सेल र गु्रप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको ८ मेगापिक्सेलको क्यामरा जडान गरिएको छ ।

‘प्राविधिकरुपमा नवप्रबर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरिय उत्पादन पस्कँदै हामी फ्रण्ट क्यामराको माध्यमबाट आफ्ना उपभोक्तालाई हर क्षण रमाउँदै अनुभव संगाल्न र साँच्दै एकताको सुत्रमा बाँध्न चाहान्छौँ’, ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ।

मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले ३५,४९० रुपैंयाँ निर्धारण गरेको छ । कम्पनीका अनुसार नेपाली बजारमा बैशाख २३ गतेदेखि फोन उपलब्ध हुनेछ ।

‘एउटा सेल्फी, अर्को गु्रप सेल्फीका लागि’, एफथ्रीमा रहेको डबल भ्यू गु्रप सेल्फी क्यामराले साधारण सेल्फी क्यामराको तुलनामा दूई गुणा बढी फिल्ड अफ भ्यू दिने क्षमता राख्छ ।

एकल वा ब्यक्तिगत सेल्फीका लागि एफथ्रीमा १६ मेगापिक्सेल रिजोल्यूशन, १.३ इञ्च सेन्सर र ठूलो एफ/२.० एपर्चरको फ्रण्ट क्यामरा राखिएको छ । त्यसैगरि अर्को ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि राखिएको छ । चहकिलो ब्याकग्राउण्ड भएका स्थानमा समेत यो क्यामराले तस्विरमा उपयुक्त, प्रकाश समायोजन गर्दै प्राकृतिक तस्विर लिन सघाउने बताईएको छ ।

फोनमा ५.५ इञ्चको डिस्प्ले राखिएको छ भने फोनमा रहेको इन सेल एफएचडी प्रविधिले फोनमा रहेको स्क्रिनलाई साधारण स्क्रिनका तुलनामा १.४ भागले पातलो बनाएको छ ।

निरन्तर सहज प्रयोगका लागि ओप्पो एफथ्रीमा कम्पनीले कलरओस ३.०द्वारा शक्ति प्रदान गरिएको ओक्टा–कोर प्रोशेसर, चार जीबी ¥याम र ६४ जीबी रोम उपलब्ध गराएको छ । फोनमा रहेको ट्रिपल स्लट कार्ड ट्रेमा दूई ओटा नानो सिम कार्ड र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ ।

एफथ्रीमा कम्पनीले ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । कम्पनीले गरेको परिक्षणमा ब्याट्रीले निरन्तर १५ घण्टा काम गरेको बताइएको छ ।


क्लिकमान्डु