नरेन्द्र मोदीले दिए नेपाल सहित सार्कदेशलाई सेटलाइट गिफ्ट



काठमाडौं । शुक्रवार सर्बोच्च अदालतले प्रधानन्यायधीश शुसीला कार्कीमाथी महाभियोग प्रस्ताव अगाडि नबढाउन अन्तरिम आदेश दिदा भारतमा दक्षिण एशियाली सेटलाइटको लन्च हुँदै थियो ।

नरेन्द्र मोदी भिडियो कन्फ्रेन्स मार्फत पाकिस्तान बाहेकका सरकार प्रमुखसँग कुरा गर्दै थिए । सेटलाइटको उद्घाटनको लागि भारतीय राजदूतावासका अधिकारी प्रधामन्त्री कार्यालयमा गएपनि केही सामाजिक सन्जाल सहित संचारमाध्यममा भारतीय राजदूत प्रधानमन्त्रीलाई सर्बोच्चको आदेशपछिको विषयमा भेट गर्न गएको बताए ।

नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भएको सार्क सम्मेलनमा दक्षिण एशियाली सेटलाइट लन्च गर्ने प्रस्ताव गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा पाकिस्तान बाहेक सबैले सहमति जनाएका थिए ।

शुक्रवार २३३० किलो साउन एशियन सेटलाइट सफलताका साथ लन्च भएको छ । जिएएसएलभि एफ०९ रकेट मार्फत सेटलाइट शुक्रवाबार लन्भ भएको हो । सेटलाइट लन्चबाट भारतले भूउग्रहमा दक्षिण एशियामा प्रभुत्व जमाएको छ ।
सेटलाइट बैंकलोरमा तयार भएको थियो । यसमा १२ कु ब्याड ट्रान्सपोडर लागेको छ । ५० मिटर माथी जिएकएलभि एफ ९ रकेट लन्च भएको छ ।
यो लन्चमा पहिलो पटक विद्युतिय प्रोफेसनल सिस्टको प्रयोग भएको छ । जसबाट २५ प्रतिशत पेट्रोलियम पदार्थको बचत हुन्छ । सेटलाइट ८० किलो केमिकल फ्युलबाट १२ वर्षसम्म पृथ्वीको चक्कर लगाउने छ ।

सेटलाइट निर्माणको लागि दुई अर्ब ३५ करोड भारतीय रुपैयाँ अर्थात ३ अर्ब ७६ करोड नेपाली रुपैयाँ लागत लागेको थियो ।

सेटलाइट लन्च गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै वैज्ञानिकलाई बधाई दिदै भिडियो कन्फ्रेन्समार्फत दक्षिण एशियाका सरकार प्रमुखसँग खुसी साटेका थिए । ‘ सार्क सेटलाइट लन्चबाट दक्षिण एशियाली क्षेत्रलाई फाइदा हुन्छ । आजको दिन ऐतिहासिक छ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सार्क सेटलाइट लन्चबाट सेटलाइटमा आत्मनिर्भर भएको बताए ।

किन हट्यो पाकिस्तान

भारतको परम्परागत प्रतिस्पर्धी पाकिस्तान सार्क सेटलाइटमा सामेल भएन । भारत र पाकिस्तानबीच उत्पन्न तनावको कारण गत मंसिरमा पाकिस्तानमा हुनुपर्ने सार्क सम्मेलनमा भएको छैन । भारतले पछिल्लो समय सार्कमा पाकिस्तानलाई एक्लाउने कुटनीति लिएको छ । पाकिस्तानले आफ्नै सेटलाइट योजना रहेको भन्दै सार्क सेटलाइटमा सहभागी नहुने बताएको हो ।

छिमेकीलाई भारतको गिफ्ट

भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बाग्लेका अनुसार भारतले छिमेकीलाई सेटलाईट गिफ्ट दिएको बताए । उनका अनुसार यसको निर्माणमा भारत बाहेक अन्य देशको केहीपनि खर्च हुने छैन । तर,प्रयोगपछिका केही खर्च भने तिनुपर्ने हुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वकाक्षीं योजना अन्तर्गत सेटलाइटलाई लिइएको छ ।

भारतले सेटलाइट मिसनले दक्षिण एशियामा बढ्दो चीनको प्रभावलाई रोकेको भारतीय संचारमाध्यमले समाचार प्रकाशित गरेका छन् । चीनले भेनेजुयला,पाकिस्तान र श्रींकलालाई सेटलाइट डिप्लोमेसी अन्तर्गत सेटलाइट बनाइदिएको थियो । ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु