आत्महत्या रोक्न फेसबुकले ३ हजार कर्मचारी खटाउने



पछिल्लो समय केही आत्महत्याका केही तथ्यहरु सार्वजनिक भएका छन् । जसमा केही आत्महत्या फेसबुकमा लाइभ प्रशारण भएको थियो । आत्महत्याबाट आफ्ना प्रयोगकर्तालाई बचाउनको लागि फेसबुकले ३ हजार कर्मचारी नियुक्त गर्ने घोषणा गरेको छ ।

यी कर्मचारीहरु बच्चासँग जोडिएका पोस्ठ तथा आफैलाई नोक्सान पुर्याउने भिडियोलाई हेर्ने छन् । फेसबुकका सिइओ मार्क जुकरवर्गले भने,‘ पछिल्लो केही दिनयता फेसबुक लाइभ गरेर आत्महत्याको घटनाहरु घटे,जुन दुःखदायी रहेको छ ।’

आफ्नो फेसबुक प्रोफाइलमा मार्क जुकरबर्गले कम्पनीले नयाँ टुल्स बनाउने र यसमा अहिले ४५ सय कर्मचारी काम गरेको र ३ हजार कर्मचारीलाई जोड्ने योजना भएको बताए ।

पछिल्लो समय आत्महत्या गर्नेले फेसबुक लाइभ गरेर आत्महत्या गरेपछि फेसबुकले यसलाई गम्भिरताका साथ लिएको बताएको छ । ऐजेन्सी


क्लिकमान्डु