अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा बस्न्यातको सिफारिस



काठमाडौं । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ । परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।

संसदीय सुनुवाईपछि बस्न्यातले अख्त्यिार प्रमुखको रुपमा जिम्मेवारी समाल्ने छन् । लोकमानसिंह कार्की अदालतको आदेशले पदमुक्त भएपछि बरियताको आधारमा बस्न्यातले कामु प्रमुखमा अख्तियारमा काम गर्दै आएका थिए ।

 


क्लिकमान्डु