एफएनसीसीआईका उपाध्यक्ष प्रमोद श्रेष्ठ एमालेबाट बेनी नगरपालीकाको मेयर उमेद्वार



म्याग्दी । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा एमालेले उद्योगी प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ ।

एक महिना अगाडी मात्रै उनी नेपाल उदोग बाणिज्य महासंघको जिल्ला नगर तर्फका उपाध्यक्ष निर्वाचित भएका थिए ।

मलाई नेकपा एमालेले मेयरको उमेद्वार बनाएको छ । आज मनोनयन दर्तागर्न जाने तयारी गर्दै छु क्लिकमाण्डुसँग कुरा गर्दै उनले भने अब चुनाबी अभियानमा होमीएको छु ।

एमाले म्याग्दीले प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम जिल्ला कमिटी हुँदै प्रदेश नं ४ को कमिटीमा सिफारिस गरेको थियो ।

आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । यसैबीच नेपाली काँग्रेसबाट हरिकुमार श्रेष्ठको नाम टुङ्गो लागेपछि चुनावी अभियान सुरु भइसकेको छ । १० वटा वडा रहेको बेनी नगरपालिकाभित्र पुरुष आठहजार पाँचसय तीन, महिला नौहजार आठसय ४२ गरी कुल १८ हजार तीनसय ४५ जना मतदाता रहेका छन् ।


क्लिकमान्डु