बैंकको संख्या अर्थतन्त्रको आकारले निर्धारण गर्छः गभर्नर




काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैंकको संख्या देशको अर्थतन्त्रले निर्धारण गर्ने बताएका छन् ।

प्राइम कमर्शियल बैंकमा कन्ट्री डेभलपमेन्ट बैंक र बिराटलक्ष्मी विकास बैंक मर्जरपछिको एकीकृत कारोबारको सुरुवात गर्दै गभर्नर नेपालले विश्वभर कति बैंक चाहिन्छ भन्ने कुराको निर्धारण देशको अर्थतन्त्रबाट निर्धारण हुने बताए ।

‘नेपालमा धेरै मानिसहरु अहिलेपनि वित्तीय सेवा पाएका छैनन्’,उनले भने,‘ बैंकहरु वित्तीय सेवा नपाएका क्षेत्रमा जान आवश्यक छ।’

उनले बैंकहरु निजी नहुँने भन्दै जनताको लगानी भएकोले सरकारले यसलाई बचाउने काम गर्ने बताए । देश आर्थिक विकासको बाटोमा अगाडि बढेको र अन्तर्राष्ट्रिय समुदाय समेत नेपालको आर्थिक विकासबाट सन्तुष्ट भएको गभर्नर नेपालले जानकारी दिए ।

उनले छिमेकमा ७ प्रतिशतको आर्थिक बृद्धि भएको र हामीले पनि त्यती आधारमा ग्रोथ हासिल गरेको बताए । ‘ कुल ग्राहस्र्थ उत्पादन(जीडीपी)को आकार गतवर्ष २२ खर्बको थियो’,उनले थपे,‘ अहिले २६ खर्बको भएको छ,यो ठूलो उपलब्धी हो।’


क्लिकमान्डु