चुनावको अन्योलतासँगै नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । गत हप्ता पनि तीन दिन लगातार घटेर अन्तिम झिनो अंकले बढेको नेप्से आइतबार १९.८४ अंकले घटेर १६५०.७८ अंकमा आइपुगेको छ ।

१४३ कम्पनीको १२ लाख ४० हजार १ सय ५२ कित्ता सेयर कारोबार भएको नेप्सेमा उत्पादन र अन्य उपसूचक बाहेका सबै उपसूचकहरु राताम्मे भए ।
खुल्ने बित्तिकै तिब्र गतिमा घटेको नेप्से बिचमा केही सम्हालिन खोजे पनि सकेन ।

राजनीतिक बातावरण खलबलिएको र चुनावी माहोल नतात्दा लगानीकर्ताको मनोबल उकासिन सकेको छैन । बजार घट्दा पनि केही समय देखि कारोबार रकम निरन्तर अर्ब भन्दा बढि हुने गरेको थियो । यद्यपि आइतबार त्यसमा पनि ब्रेक लागेको छ । आइतबार जम्मा ७८ करोड ५६ लाख रुपैंयाँको कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढि नेपाल लाइफको ४ करोड ५९ लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा प्राइम लाइफको ३ करोड ४५ लाख रुपैंयाँको कारोबार भएको छ ।

यस्तै नयाँ नेपाल लघुबित्त र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । खानिखोला हाइड्रो, महिला सहयात्रा अरुण फाइनान्स, कन्कई बिकास बैंक, जेब्लिस फाइनान्सका लगानीकर्ताले ५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु