एमालेको चुनावी घोषणापत्र भोलि बिहान मात्रै सार्वजानिक हुने



काठमाडौं । नेकपा एमालेले स्थानीय निकायका लागि तयार पारेको चुनावी घोषणापत्र सोमबार बिहान ९ बजे सार्वजानिक गर्ने भएको छ ।

आइतबार दिउसो ३ बजे सार्वजानिक गर्ने भनिएको घोषणापत्रको पूर्णरुपमा सम्पादन भइनसकेकाले आइतबार सार्वजानिक गर्न नसकेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

‘आज ३ बजे घोषणापत्र सार्वजानिक गर्ने कार्यक्रम थियो तर पूर्णरुपमा सम्पादन भइनसकेकाले भोलि बिहान ९ बजेलाई सारेका छौं,’ सचिव भट्टराईले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल