फेसबुक मेसेन्जर लाइट अब १५० देशमा सार्वजनिक



काठमाडौं । मोबाइल च्याट गर्नका लागि निकै प्रयोग हुँदै आएको फेसबुक मेसेन्जरको लाइट भर्सन अब सबैको लागि उपलब्ध भएको छ ।

गत अक्टोबरमा सार्वजनिक गरिएको मेसेनजरको लाइट भर्सन सबैले प्रयोग गर्न पाएका थिएनन् । यो केहि देशहरुमा मात्र उपलब्ध रहेको थियो ।

फेसबुक मेसेन्जर लाइट एप यसको मूख्य मेसेन्जर भन्दा कम एमबीको रहेको छ । जसले कम क्षमताका स्मार्टफोनहरुमा पनि मेसेन्जर प्रयोग गर्न सहज बनाएको छ ।

मेसेन्जर लाइट पुराना किसिमका अवथा बजेट स्मार्टफोनहरुमा प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्दछन् । यसले कम स्थान लिने हुँदा बजेट स्मार्टफोनमा प्रयोग गर्न सजिलो हुनेछ । यसका साथै लाइट भर्सनले कम डाटा मात्र लिने हुँदा डाटा बचत गर्न पनि सहयोग पुग्नेछ ।

अब भने मेसेन्जर विश्वका अधिकांश मुलुकहरुमा सार्वजनिक भएको छ । फेसबुकले अहिले मेसेन्जर लाइटलाई विश्वका १५० देशहरुमा सार्वजनिक गरेको छ ।

यदि तपाईँलाई मेसेन्जर चलाउन मन छ तर यसको अधिक एमबीले गर्दा चलाउन पाउनुभएको छैन भने तपाईँले अब मेसेन्जर लाइट डाउनलोड गरेर चलाउन सक्नुहुनेछ ।

तर प्रयोगकर्ताहरुले मेसेन्जरको मुख्य एपमा भएका केहि विशेषताहरु भने लाइट भर्सनमा हेर्न पाउने छैनन् । मेसेन्जर लाइट प्रयोगकर्ताहरुले मेसेन्जर डे, दि क्यामरा ईफेक्टसका साथ साथै पुरै थर्ड पार्टी डेभ प्लेटफर्म पनि चलाउन पाउनेछैनन् ।


क्लिकमान्डु