साओमीको रेडमी फोर एक्स बजारमा उपलब्ध



काठमाडौं । चिनियाँ कम्पनी साओमीको आधिकारिक विक्रेता वत्सल इम्पेक्सले हालै बजारमा साओमी रेडमी सिरिज अन्तरगतको रेडमी फोर एक्स ल्याएको छ ।

यो स्मार्टफोनमा ५ इन्चको एलसिडी डिस्प्ले रहेको छ भने मेटल बडी प्रयोग गरिएको छ ।

यसमा १.५ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ४३५ प्रोसेसर राखिएको छ । त्यस्तै यसमा २ जीबीको र्यामका साथै १६ जीबीको आन्तरिक स्टोरेज पनि रहेको छ ।

फोनमा फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । पावरका लागि यसमा ४,१०० एमएएचको ब्याट्री प्याक रहेको छ ।

नेपाली बजारमा १८ हजार ४ सय ९९ रुपैयामा किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरि कम्पनीले मे १ तारिखसम्मको लागि यो स्मार्टफोन खरिदमा अफर पनि राखेको छ । अफर योजनाअन्तर्गत प्रत्येक रेडमी ४एक्स फोनको खरिदमा ९९९ रुपैंया मूल्य बराबरको एमआई ईन ईयर हेडफोन बेसिक मेट दिने जनाएको छ ।


क्लिकमान्डु