चीनमा ४३ करोड व्यक्ति ‘फोर–जी नेटवर्क’ मा



बेइजिङ । चीनमा पछिल्लो समय ‘फोर–जी नेटवर्क’ प्रयोग गर्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार जनाएको छ ।

मन्त्रालयका अनुसार तीन महिना पहिलो ७७ करोड व्यक्तिले प्रयोग गर्ने गरेको उक्त नेटवर्क प्रविधि प्रतिको आकर्षण बढ्दै गएका कारण मार्चसम्म आइपुग्दा थप ६ करोडले चलाउन थालेका छन् ।

पछिल्लो समय आधुनिक प्रविधिप्रतिको मोहका कारण नागरिकले प्रयोग गर्दै आएका सेवालाई चुस्त र दुरुस्त राख्न चिनियाँ फोर–जी प्रदायक कम्पनीले उनीहरुका डाटामा पनि थप गरेका बताइएको छ ।

पहिलो त्रैमासिकलाई मुल्याङ्कन गर्दा चिनियाँ फोर–जी प्रयोगकर्ताले प्रति महिना सरदर १।२८ गिगाबाइट डाटा प्रयोग गरेका बताइएको छ । सन् २०१६ को सोही समयमा सरदर एक गिगाबाइट प्रतिव्यक्ति प्रति महिना प्रयोग हुने गथ्र्यो । रासस/सिन्ह्वा


क्लिकमान्डु